Thursday, July 30, 2015

बुढो मुक्तक ;)

गैसकेछ उमेर, थाहै नपाई अब मर्न के बेर, थाहै नपाई यो गर्छु, त्यो गर्छु भन्दा भन्दै भैसकेछ अबेर, थाहै नपाई

Wednesday, July 29, 2015

'शासन-सरकार'

जहाँको शासन-सरकार सुस्त छ हर एक काम, कारोबार सुस्त छ धमिला भए सबै बाँच्ने आधारहरु, बजार सुस्त छ, ब्यापार सुस्त छ :(

'फरक बनायो'

भगवान-भगवान फरक बनायो हिन्दु-मुसल्मान फरक बनायो भिन्नताको नाइके मान्छे आँफै हो,
बाइबल-कुरान फरक बनायो