Wednesday, November 12, 2014

कती दिन चल्छ??

चुपचाप सधैं भोट मात्रै हालेर कती दिन चल्छ?
देश लुछ्ने भक्षकहरु पालेर कती दिन चल्छ?

आमाको पुरानो चोली, बाबाको फाटेको दौरा अनी,
आफ्नै शिरको टोपी समेत टालेर कती दिन चल्छ?

अध्यारो चिर्न मात्रै भएनी केही त गर्नै पर्छ अब,
सधैं भरी मैनबत्ती बालेर कती दिन चल्छ?

दु:ख गरी पुर्खाले अर्जेको सम्पत्ती, हाम्रो सभ्यता
यसरी थोरै थोरै गर्दै गती फालेर कती दिन चल्छ?

धेरै लिइयो देशबाट अब दिने हाम्रो पालो,
जागौं अब यसरी आंट गालेर कती दिन चल्छ?

No comments:

Post a Comment