Friday, March 11, 2016

शब्द!

शब्द,
एउटा यस्तो हतियार,
न कुनै धार, न बिशेष आकार।
तर पनि संसार हल्लाउन सक्ने,
खल्बलाउन सक्ने
मिलाउन सक्ने
बिगार्न सक्ने
भत्काउन सक्ने
बनाउन सक्ने
ओहो! कती गुण,
कती बैगुण
शब्दको
कती महत्व, अर्थको
र अर्थले दिने तर्कको।

शब्द,
जसको सार
अपरम्पार छ।
हरेक कुराको आधार,
यहाँ शब्दले नै संसार चला'को छ।
सरकार चला'को छ
परिवार,
ब्यापार,
ब्यभार, सब चला'को छ।
यहीँ शब्द,
कुनै ठाउँमा प्यार हुने
कुनै ठाउँमा चैँ
प्यारप्यार हुने।
अचम्मको!

शब्दका धनी,
राजा बनी, राज गर्छन्
बैचारिक सिंहासनमा।
शब्दका भिखारी,
कच्चा शब्द तिखारी
होमिन्छन बिचारको युद्धमा।
विवेकको बन्दुक,
तर्कको तोप
जब तेर्सिन्छन्,
नफर्की पछाडि, जङ्ग हारी
फर्किन्छन,
सिंहासनको सपना
शहिद बनाएर।
बिचारका बिचराहरु!!

4 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. भाइको यो पहिलो प्रयास मलाइ निकैनै राम्रो लाग्यो र यसमा रहेको मिठो आख्यान र शब्दले म मा रहेको ऊर्जा झनै प्रजवलीत गरीदिएको छ ।;)

    ReplyDelete
    Replies
    1. पहिलो हैन भाई, दोश्रो हो;)

      Delete